महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंक र फेसन तथा जीवनशैलीसम्बन्धी सामग्री बिक्री गर्दै आएको केटीएम सिटीबीच यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका देशभर रहेका १७ वटा आउटलेटबाट कपडा तथा पहिरन खरिद गर्दा छुट पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकलाई वित्तीय सेवासँगै अन्य सुविधासमेत उपलब्ध गराउने उद्देश्यले केटीएम सिटीसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यबाट ग्राहकले सामान खरिद गर्दा प्रत्यक्ष लाभ लिन सक्ने बैंकको भनाइ छ ।

केटीएम सिटीले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ । कम्पनीले गुणस्तरीय सामग्री र ग्राहकको आवश्यकतालाई ध्यान दिँदै फेसनसम्बन्धी सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ ।

यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउन विभिन्न सेवा विस्तार तथा व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?