रास्वपाले अब आफ्नै घण्टीघर बनाउने, घरजग्गा खरिदका लागि प्रस्ताव माग

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्थायी पार्टी कार्यालय बनाउने भएको छ ।

हाल बनस्थलीस्थित चमतीमा भाडाको घरमा रास्वपाले पार्टी कार्यालय चलाउँदै आइरहेको छ ।

पार्टी कार्यालयमा दैनिक आवागमन र चापका कारण छुट्टै स्थानमा स्थायी पार्टी कार्यालय बनाउने तयारी भएको रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

रास्वपाको गत असोज १७ गते बसेको केन्द्रीय समिति बैठकले अस्थायीबाट स्थायी पार्टी कार्यालय बनाउने निर्णय गरेको थियो ।

आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको भन्दै उल्लेखित मापदण्ड अनुसारको जग्गा भएका जग्गाधनीहरुले प्रस्ताव पेस गर्न भनिएको छ ।

‘पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने मिति २०८३।०६।१७ को केन्द्रीय समितिको निर्णयबमोजिम घररजग्गा खरिद गर्नुपर्ने भएको छ। उक्त प्रयोजनका लागि आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनीरजग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ,’ सचेतक परियारले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?