काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालने’ शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–स्थित पलाञ्चोक भगवतीको पूजा–अर्चना गरी दर्शन गरेका छन् ।
बडादशैँको चौथो दिन आज बिहान प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेका हुन् ।
पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बिहान १० बजे भगवतीको दर्शनका लागि त्यहाँ पुगेका थिए ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि पलाञ्चोक भगवतीको दर्शनका लागि पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया