नेपालका सबै भू-भागबाट बाहिरियो मनसुन, अब कस्तो रहला मौसम ?

लोकपथ
0
Shares

काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो ।

महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो । सुरुमा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ अर्थात् असोज १६ गते हो । तर, यस वर्ष औसत मितिभन्दा १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिए पनि मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने महाशाखाले जनाएको छ । त्यसैले मनसुन बाहिरिएपछि पनि मौसममा परिवर्तन हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?