लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

लोकपथ
49
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमेद भट्टराई नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार उनको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ ।

नवनियुक्त सीईओ भट्टराई हाल लक्ष्मी सनराइज बैंकमै वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) तथा प्रमुख कर्जा अधिकृत (चिफ क्रेडिट अफिसर) का रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?