प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।मंगलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।

उनले ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!’, लेखेका छन् । 

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?