धादिङमा पानी ट्यांकर दुर्घटना, २ जनाको मृत्यु

लोकपथ
231
Shares

काठमाडौं । धादिङमा पानी ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा बा.प्र ०१-००४ क ३३५२ नं.को पानी ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा गुजुरी-६ का ८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङ रहेका छन् ।

उक्त ट्यांकर स्थानीय गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गर्दा ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

ट्याङकर चालक  दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?