चीनमा फेरी सल्बलायो कोरोनाको महामारी : अद्यावधिक विवरण भन्दै मृतक संख्या १२ सय बढी थपियो

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको महामारी सकिएको भनिएको चीनमा फेरि पनि कोरोना भाइरस संक्रमित भेटिइरहेका छन् ।

आज मात्रै चीनले १ हजार २ सय ९० जना मृतक संख्या थपेको छ । धेरै दिनको अन्तराल पछि चीनले १ हजार २ सय ९० जना मृतक संख्या थपेको हो ।

बिबिसीले जनाएअनुसार, “चीनमा कोरोनाभाइरस महामारी सुरु भएको वुहान सहरमा ज्यान गुमाएकाहरूको आधिकारीक सङ्ख्या पहिले बताइएको भन्दा झण्डै ५० प्रतिशतले धेरै रहेको छ।”

अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १,२९० मृत्युका घटनालाई कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको तथ्याङ्कमा थप गरीएको हो।

यसैबिचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित थुप्रैले चीनले प्रस्तुत गरेको कोरोनाभाइरस र यसका कारण भएको मृत्युसँग सम्बन्धित तथ्याङ्कप्रति श‌ङ्का व्यक्त गर्ने गरेका थिए।

आजमात्रै त्यहाँ थप कोरोना भाइरसका ३५१ नयाँ संक्रमित थपिएका छन् । चीन सरकारले कोरोनाको महामारी आफ्नो देशमा कम भएको भन्दै वुहान शहर सहित देशका अन्य शहरहरुमा लकडाउन खोलिसकेको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ६९२ जनालाई संक्रमण भएको छ भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?