काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार काठमाडौंको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको १८औँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले बैंकका सीईओ माधवप्रसाद उपाध्याय र नायब सीईओ अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने ग्राहकहरु, शेयरधनी, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरुप्रति बैंकले कृतज्ञता व्यक्त गरेको जनाएको छ ।
ISO 9001:2015 / ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया