अमेरिका-इरान विवादमा चीनको ईन्ट्रि, यसकारण चीनको टाउको दुखाइ !

काठमाडौं । अमेरिका र इरानबिचको तनावमा चीनको ईन्ट्रि भएके छ । मध्यपूर्वमा तनाव बढेको समयमा पश्चिमा राष्ट्रहरु एक भएर इरानमाथि दबाब सिर्जना गर्दा चीनलाई चिन्ताको विषय बनेको हो ।

गत बुधबार इरानले इराकस्थित अमेरिकी अखडामा गरिएको मिसाइल आक्रमणको क्रममा भौतिक रुपमा निकै क्षति भएको भिडियो सार्वजनिक भएको छ । सो आक्रमणका क्रममा अमेरिकी सेना बंकरमा रहेकाले मानवीय क्षति हुन नपाएको बताइएको छ । सो आक्रमण अमेरिकी अखडा अल असदमा भएको थियो ।

इरानको मिसाइल आक्रमणको कारण भएको भौतिक क्षतिको भिडियो  

अमेरिकाले जनवरी २ मा बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका इरानबीचको तनाव चुलिएको छ । सारा विश्वको ध्यान अहिले अमेरिका र इरानबिचमा के साँच्चै युद्ध हुँदैछ भनेर मानिसहरुले शंका गर्न थालेका छन् । यो यथार्थ हो कि अमेरिका र इरानबीच युद्धको संकेत आईरहेको छ । इरानले इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा जवाफी कारबाही गरेको थियो । जनवरी ८ मा युक्रेनी विमान खसालेको पनि स्वीकार गरिसकेको छ ।

इरान अमेरिकाबीचको तनावलाई अमेरिकासँग व्यापार युद्ध चलिरहेको चीनले कसरी हेरिरहेको छन् भन्‍ने विषय विश्वको ध्यान गइरहेको छ ।
चीन र अमेरिकाबीचको व्यापार युद्ध समाधान हुन सकेको बेला हङकङ मामिलामा समेत अमेरिकाले हस्तक्षेप गरेको भन्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनले अमेरिकालाई पटक पटक चेतावनी दिइरहेको छ ।

यहीबीच सिर्जना भएको अमेरिका इरान तनावले चीनलाई आर्थिक टाउको दुखाइ बनेको छ । किनभने चीनका लागि तेल निर्यात गर्ने मुख्य मूलुक इरान हो । इरानपछि चीनको तेल आयातका मुख्य स्रोतहरु साउदी अरेबिया र इराक रहेका छन् । चीनले यी मुलुकहरुबाट दैनिक एक लाख ब्यारेल कच्चा तेल आयात गर्दछ ।

तर, सन् २०१८ मा अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि उक्त निर्यात घटेको हो । सन् २०१९ को नोभेम्बरमा चीनले एक महिनामा पाँच लाख ३९ हजार १०६ टन कच्चा तेल आयात गरेको थियो । चिनियाँ भन्सार कार्यालयको तथ्यांकअनुसार अप्रिलमा ३० लाख ४० हजार टन कच्चा तेल इरानबाट आयात गरेको थियो । इरान-अमेरिका तनावले चीनमा राजनीतिकभन्दा पनि व्यापार बढी प्रभावित भएको देखिन्छ ।

सन् २०१८ यता विश्वका ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीन व्यापार युद्धमा छन् । जसले चिनियाँ औधोगिक क्षेत्रमा प्रतक्ष असर पारेको छ । सन् २०१९ को अन्तिम तीन महिनाको आर्थिक वृद्धि ६ प्रतिशत थियो, जुन सन् १९९२ पछिको सबभन्दा कम हो । निर्यात र उत्पादनमा मन्दी लागेपछि चीनको आर्थिक वृद्धिदर तीन दशककै ओरालो लागेको हो ।

चीनको बृहत् टेलिकम्युनिकेसन कम्पनी हुवावेले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्‍न गरेको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

एजेन्सीको सहयोगमा

यस अघि अमेरिका र इरानको बारेमा लोकपथमा प्रकाशित भएको समाचार पढ्नु भएको थियो ?

इरानको २० क्षेप्यास्त्र प्रहार, कसरी चुक्यो निशाना ?

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

ट्रम्पको सम्बोधन : इरानमाथि थप प्रतिबन्धको घोषणा, अमेरिका युद्ध नगर्ने पक्षमा

इरान अमेरिकासँग पछि नहट्ने

यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा

अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याएको पूर्व उपराष्ट्रपति जो बाइडेनको आरोप

चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !

विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्यो

अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई

इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !

इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?