मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

काठमाडौं । इरानले अमेरिकी सेनाको हवाई अड्डामा गरिएको मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ।

इरानी सरकारी टेलिभिजनका अनुसार ‘इरानले ८० अमेरिकी आतंकवादी’ मिसाइल आक्रमणमा मारिदिएको छ।

आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि इरानले अमेरिकासँग बदला लिने बताएको थियो।

मंगलबार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषित गरेको थियो। बुधबार बिहानै इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।

क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका थिए। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?