इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !

एजेन्सी – इरानले इराकस्थित अमेरिकी सेनाको दुई बेस क्याम्पमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो ट्विट गर्दै आफूहरुसँग विश्वकै शक्तिशाली र स्रोत साधन सम्पन्न सेना रहेको भन्दै चेतावनी दिएका छन् ।

मंगलबार राति (नेपाली समय बुधबार बिहान) ट्विट गर्दै ट्रम्पले उनले यसबारे थप भोली बोल्ने बताएका छन् । ‘सबै ठिकै छ, इरानबाट इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा मिसाइल प्रहार भयो । ट्रम्पले ट्विटरमा लेखेका छन्’ हताहती र क्षतिको आँकलन भइरहेको छ । हामीसँग विश्वकै शक्तिशाली र स्रोत साधन सम्पन्न सेना छन् । यसबारे थप भोली बिहान दिनेछु’।

गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो।
इरानले बुधबार बिहान पश्चिम इराकको अल असाद र इरविलका दुई अमेरिकी सैन्य शिविरमा १३ वटा मिसाइल प्रहार गरेको हो।
यसअघि लोकपथमा प्रकशित यो समाचार पढ्नुभएको थियो ?  

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

 

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

थप बल्झिँदै अमेरिका–इरान विवाद

इरानलाई ट्रम्पको चेतावनी

अमेरिकासंग वार्ता गर्न इरान तयार

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

ट्रम्पमाथि विश्वास नगर्न उत्तर कोरियालाई इरानको आग्रह

इरानले युद्ध सुरु गरे पूर्णरूपमा ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

अमेरिकाले इरानलाई भन्यो –“ ऐना हेर”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?