अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थानमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

युद्ध अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिएका उनले त्यसको भोलिपल्टै इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन् ।

यसअघि आफ्ना सैन्य कमान्डर अमेरिकी हवाई आक्रमणमा मारिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिएका थिए ।

शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए । केही घाइते भएका छन् ।

यो प्रकरणसँगै दुई देशबीच चेतावनी र धम्कीको शृंखला चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएक छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?