इरानले हानेका २० क्षेप्यास्त्र, कसरी चुक्यो निशाना ?

एजेन्सी । ८ जनवरी २०२० को शुरुवाती घण्टाहरुमा इरानले करिब दुई दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी इराकस्थित दुई अमेरिकी सैन्य क्याम्पलाई निशाना बनायो ।

इरानका अनुसार यो हमला कमाण्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिन गरिएको थियो । सुलेमानी गत शुक्रबार इराकको बग्दाद सहरमा अमेरिकी ड्रोन हमलामा मारिएका थिए । इरानले सुलेमानीको मृत्युपछि अमेरिकालाई यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो ।

यद्यपि बुधबार अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कुनै पनि अमेरिकी सेना हताहत भएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको पुष्टि गरे ।

त्यसो भए इरानले जानाजान अमेरिकी सेनालाई जोगाएको हो ?  इरानी हमलामा भौतिक रुपमा ठूलो क्षति भएका अमेरिकी सैन्य क्याम्पको तस्वीर प्रकाशमा आए पनि मानवीय क्षति नभएको अवस्थाले स्वाभाविक रुपमा यो प्रश्न उब्जिएको हो ।

इरान र अमेरिकाको तर्क: 

इरानी रिभोल्युसनरी गार्डस् कप्र्स (आइआरजीसी)का अनुसार इरानले बुधबार जमिनबाट जमिनमा प्रहार गर्ने करिब २० क्षेप्यास्त्र प्रहार गरेको थियो, जसले इराकस्थित अल असद क्याम्पलाई निशाना बनाएको थियो ।

यो क्याम्प पश्चिमी इराकस्थित एउटा महत्वपूर्ण अमेरिकी सैन्य क्याम्प हो जहाँबाट अमेरिकाले सैन्य अभियान सञ्चालन गर्दछ ।आइआरजीसीको निकट मानिने इरानी समाचार एजेन्सी ‘तस्मीम’ अनुसार इरानले ‘फतेह–३१३’ र ‘कियाम’ क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्र रोक्न अमेरिकी सेना असफल रहे । किनकि ती क्षेप्यास्त्रमा ‘क्लस्टर वारहेड’ लगाइएको थियो र निशानामा पुगेरै विस्फोट भयो ।

अमेरिकी रक्षा विभागले इरानद्वारा एक दर्जनभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको र दुई सैन्य अखडालाई निशाना बनाइएको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानद्वारा गरिएका ती हमलामा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको बताए ।

टेलिभिजन सम्बोधनमा ट्रम्पले भने, ‘सावधानी अपनाइएका कारण र चेतावनी सिस्टमले राम्रोसँग काम गरेका कारण मानवीय क्षति भएन ।’

यद्यपि अमेरिकी शीर्ष सैन्य अधिकारी मार्क मिलेका अनुसार इरानले गरेको हमला निकै घातक प्रकृतिको थियो । उनले भने, ‘हाम्रो व्यक्तिगत आँकलन भनेकै सवारी साधन, उपकरणहरु र विमानहरुलाई नष्ट गर्न र सैन्यकर्मीलाई मार्ने उद्देश्यले हमला गरेको थियो भन्ने हो ।’

इरानी क्षेप्यास्त्रको निशाना कहाँ थियो ?

इराकी सेनाका अनुसार बुधबार बिहान (स्थानीय समय) १ः४५ देखि २ः१५ बीचको समयमा इराकमा २२ क्षेप्यास्त्र खसेको थियो । तीमध्ये १७ क्षेप्यास्त्र अल असद एयरबेसमा खसेको थियो ।

ब्यावसायिक कम्पनी ‘प्लानेट ल्याब्स’द्वारा भूउपग्रहमार्फत लिइएको तस्वीरमा अल असद एयरबेसमा कम्तीमा पाँच संरचना ध्वस्त भएको देखिन्छ । विश्लेषक डेविड श्मर्लरले भने, ‘तस्वीरमा केही यस्तो ठाउँ देखिन्छ, जसको आधारमा निशाना सही ठाउँमा लागेको बुझ्न सकिन्छ ।’

तर पनि केही क्षेप्यास्त्र एयरबेसमा नपुगेको बताइन्छ । इराकी सेनाका अनुसार दुई क्षेप्यास्त्र अल असद क्याम्प नजिकैको हित क्षेत्रमा खसेका थिए, जो विस्फोट भएनन् । तीमध्ये तीन टुक्रामा भाँचिएको एक क्षेप्यास्त्रको तस्वीर सोशल मिडियामा भाइरल भइरहेको छ ।

इराकी सेनाका अनुसार इरानले पाँच क्षेप्यास्त्र इरबिल एयरबेसलाई निशाना बनाएर प्रहार गरेको थियो, जो उत्तरी कुर्दिस्तानमा पर्दछ । सो एयरबेसमा प्रहार गरिएका पाँचमध्येक कति क्षेप्यास्त्र एयरबेसमै खस्यो भन्ने प्रष्ट भइसकेको छैन ।

एक इराकी टेलिभिजन च्यानलका अनुसार पाँचमध्ये दुई क्षेप्यास्त्र इरबिल सहरबाट करिब १६ किलोमिटर उत्तर–पश्चिमस्थित सिडान गाउँमा खसेको थियो । अर्को एउटा क्षेप्यास्त्र इरबिल सहरबाट ४७ किलोमिटर उत्तरपश्चिममा खसेको समाचारहरु पनि प्रकाशमा आइरहेको छ ।

इरानले जानाजान यस्तो गरेको हो ?

अमेरिकी र युरोपेली मुलुकका सरकारी स्रोतले ‘रोयटर्स’ समाचार एजेन्सीलाई जानकारी दिएअनुसार इरानले जानाजान निशानालाई चुकाएजस्तो देखिन्छ ।

उनीहरुका अनुसार सकेसम्म कम क्षति होस् भन्ने उद्देश्यले इरानले क्षेप्यास्त्र हमलामा अमेरिकी सैन्य शिविरलाई निकै हदसम्म जोगाएको देखिन्छ । मध्यपूर्णमा मडारिएको संकट नियन्त्रणभन्दा बाहिर नजाओस् भनेर इरानले यस्तो कमद चालेको हुन सक्ने उनीहरुको आँकलन छ ।

अमेरिकी टेलिभिजन च्यानल ‘सीएनएन’ का पत्रकार जेक टेपरले पेन्टागनका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ट्वीट गरेअनुसार इरानले जानाजान यस्ता निशाना रोज्यो, जहाँ जनधनको थोरै क्षति होस् ।

अमेरिकी अखबार ‘दि वासिङ्टन पोस्ट’ ले आफ्नो एक रिपोर्टमा लेखेअनुसार अमेरिकी अधिकारीहरुलाई मंगलबार नै इरानले इराकस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएर हमला गर्न लागेको जानकारी भइसकेको थियो । कुन सैन्य क्याम्पलाई उसले निशाना बनाउँछ भन्ने जानकारी नभए पनि इरानले हमला गर्दैछ भन्ने जानकारी मंगलबार नै अमेरिकी अधिकारीहरुलाई भइसकेको सो अखबारको दावी छ ।

‘अमेरिकालाई इरानले हमला गर्दैछ भन्ने कुरा इराकस्थित आफ्नो गुप्तचर स्रोतबाट थाहा भइसकेको थियो,’ सो अखबारले लेखेको छ ।

‘सीबीएस’ च्यानलका संवाददाता डेविड मार्टिनले वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकालाई केही घण्टाअघि नै इरानले हमला गर्दैछ भन्ने चेतावनी प्राप्त भइसकेको थियो । जसका कारण हमला भएको समयमा अमेरिकी सेनाहरु बंकरभित्र लुकेर बाँच्न सफल भएको बताइएको छ ।

लोकपथमा यस अघि प्रकाशित समाचार पढ्नुभएको थियो ? 

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

ट्रम्पको सम्बोधन : इरानमाथि थप प्रतिबन्धको घोषणा, अमेरिका युद्ध नगर्ने पक्षमा

इरान अमेरिकासँग पछि नहट्ने

यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा

अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याएको पूर्व उपराष्ट्रपति जो बाइडेनको आरोप

चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !

विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्यो

अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई

इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !

इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?