इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य

काठमाडौं । इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले हवाई आक्रमण गरेसँगै यतिखेर विश्वको ध्यान त्यतातिर तानिएको छ । जसको प्रत्यक्ष असर सुन तथा तेलमा परेको छ । दुई शक्तिशाली राष्ट्रको टकरावबाट विश्व बजारमा तेलको एका एक बृद्धि भएको छ ।

जसको कारण अमेरिकी कच्चा तेल मंगलबारको मूल्य ४ प्रतिशले बृद्धि भइ ६५ डलर पुगेको छ । आक्रमण भन्दा अघि कच्चा तेलको मूल्य ६२.७० डलर रहेको रहेको थियो । भने आक्रमणपछि मूल्य बृद्धि भई ६५.४८ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा गत साता इरानी शिर्ष कमाण्डरको मृत्यु भएको थियो । जसको बदलामा इरानले मंगलबार मिसाइल आक्रमण गरेको थियो । यस भन्दा अघिका मिसाइल आक्रमणको जिम्मा मिलिसिया समूहले लिने गरेपनि उक्त आक्रमणको जिम्मा भने इरानले नै लिएको छ ।

इरानको बदलापूर्ण आक्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने चिन्तामाझ तेलको मुल्य बढेको हुन सक्ने सञ्चारमाध्यममा जनाईएको छ ।

त्यसरी विश्वमा नै अग्रणी मानिएका मुलुकहरु युद्धमा जाने हो भने विश्व अर्थतन्त्रमा नै असर पर्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?