अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई

एजेन्सी । इरानले गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने स्थानमा आक्रमण गरेको बताएको छ ।
मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ ।

यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि जवाफी कदम उठाएमा इजरायल र दुबई (संयुक्त अरब इमिरेटको राजधानी) मा बमबारी हान्ने चेतावनी दिएको छ ।

इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?