इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन

एजेन्सी । अमेरिकाको हवाई उड्यन विभाग ‘फेडरल एभियन फेडरेसन(एफएए) ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकाशमा हवाई उडान भर्न रोक लगाएको छ ।

इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो ।

एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आक्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ ।

‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस) सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडि तथा ओमन खाडिमा विमान उडाउन प्रतिबन्ध लगाएको छ,’ एफएएले एक वक्तव्य निकाल्दै उक्त निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?