ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थानमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

युद्ध अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिएका उनले त्यसको भोलिपल्टै इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन् ।

यता धम्की दिएसँगै इरानियन ह्याकर्स समूहले अमेरिकी वेबसाइटहरु ह्याक गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी मिसाइलले मुक्का हानेको तस्विर वेबसाइटमा राखिएको छ ।

 

शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए । केही घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?