यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा

काठमाडौँ । इरानले इराकमा रहेको अमेरिकी सैन्य आधारमा मिसाइल हमला गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशबासीको नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले इरानसँग युद्ध नगर्ने सन्देश दिएका छन् । साथै उनले इरानमाथि थप नाकाबन्दीको घोषणा गरेका छन् ।
ट्रम्पको भनाइका मुख्य बुँदा
–आक्रमणमा कोही अमेरिकीको मृत्यु भएको छैन । यो खुसीकाे विषय हाे ।
–अमेरिका जवाफी युद्धका लागि तयारी अवस्थामा रहेपनि इरान पछि हटेकाले युद्धको अवस्था छैन
–इरानमाथि थप आर्थिक नाकाबन्दी लगाइने छ। जसका लागि राष्ट्रसंघमा छिट्टै प्रस्ताव लगिनेछ ।
–इरानले आणविक कार्यक्रम तत्काल अन्त्य गर्नुपर्छ ।
–हामी अहिले इन्धन नम्बर वान उत्पादक हौँ । हामीलाई मध्यपूर्वको तेल चाहिँदैन ।
–कासिम सोलेमानी विश्वका प्रमुख आतंककारी हुन्। उनी पहिल्यै मारिनुपथ्र्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?