ट्रम्पको सम्बोधन : इरानमाथि थप प्रतिबन्धको घोषणा, अमेरिका युद्ध नगर्ने पक्षमा

काठमाडौँ । अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार बुधबार साँझ इरानको विषयलाई लिएर सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । उनले इरानी हमलामा अमेरिकी सेनालाई केही पनि नभएको पनि बताए ।
इरानले इराकस्थित सैन्य बेसमा मिसाइल आक्रमण गरेपछि ट्रम्पले यो सम्बोधन गरेका हुन् ।

उनले भने, ‘केही सामान्य क्षति भयो। कोही हताहत भएनन्।’

उनले इरानी सैनिक कमान्डरलाई पहिले नै मारिनुपर्ने भन्दै ढिला गरी मार्नुपर्दा दुःख पनि व्यक्त गरे ।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि इरान अमेरिकाबीच तनाव बढ्दो छ । उनले आफूहरुसँग हतियार, मिसाइल सबै भएपनि आफूहरु सोको प्रयोग गर्ने पक्षमा नरहेको ट्रम्पले बताए । ट्रम्पको यो भनाइबाट अमेरिका युद्ध नगर्ने पक्षमा रहेको विश्लेषण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?