विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्याे

एजेन्सी । अमेरिकाका विदेशमन्त्री माइक पेम्पिओले शीर्ष इरानी जनरल कासिम सुलेमानीको हत्या गरेर अमेरिकाले ठिक गरेको बताएका छन् ।

पेम्पिओले पत्रकार सम्मेलन गर्दै मंगलवार यदि ईरानबिरुद्ध साँच्चिकै युद्ध गर्नु परेको खण्डमा पनि अमेरिका अन्तर्राराष्ट्रिय कानुनको पालना गरेर नै इरानसँग युद्ध गर्ने तयारीमा रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकासँग बदला लिन खोज्यो भने अमेरिकाले इरानको साँस्कृतिक स्थलहरुमा आक्रमण गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पका एक शीर्ष सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनका अनुसार अमेरिकी ड्रोन हमलाबाट मारिएका इरानका जनरल कासिम सुलेमानी अमेरिकी प्रतिष्ठानमा हमला गरेर अमेरिकी राजनायकहरुको हत्या गर्ने दाउमा रहेका थिए ।

अमेरिकाले इरानको स्थिति बुझिरहेको र यो विषयलाई गम्भीरताकासाथ लिएको बताएको छ । राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीचको हितका लागि आक्रमण गर्नुपूर्व दुई पटक इरानले सोच्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?