अन्तत: महराले भने – छानबिनमा सहयोग गर्छु

काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको छानबिनमा सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि पछिल्लो घटनाक्रमबारे जानकारी गराएको सभामुख महराले बताउनुभयो ।

राजीनामा दिने बेला नभएको भन्दै वातावरण सहज बनाउन आफू तयार रहेको बताउनुभएको छ । महरालाई आइतबार राति मादक पदार्थ सेवन गरेर एक महिलाको कोठामा गइ यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

 

लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

विवादै विवादले जेलिएको महराको विगत

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ !  (विज्ञप्तिसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?