रवी लामिछानेका समर्थकद्वारा चितवनमा आज पनि प्रदर्शन

काठमाडौं । पत्रकार रवी लामिछानेको समर्थनमा चितवनमा आज पनि प्रदर्शन सुरु भएको छ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीवार साँझ लामिछानेलाई पक्राउ गरी चितवन लगेपछि शुक्रवार बिहानदेखि नै समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

लामिछानेसहित पक्राउ परेका तिनै जनालाई शुक्रबार चितवन जिल्ला अदालतले घटनाबारे अनुसन्धान गर्न बिहीवारदेखि लागुहुने गरी ५ दिनका लागि हिरासतमा राख्न आदेश दिएको छ ।

चितवनमा झडप : पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच हात हालाहाल,असइसहित ५ प्रहरी घाइते
रवीसहित तीन जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, समर्थकको यस्तो तयारी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?