कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्षद्वारा सर्वाेच्चमा रिट दायर

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । रिटमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

संस्थापन पक्षले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्ष सर्वाेच्च पुगेको हो ।

सर्वोच्च अदालतले विशेष महाधिवेशन र आयोगको निर्णयलाई सदर गर्ने पूर्वनिर्णयमा पुनरावलोकनको अनुमति दिइसकेको अवस्था दर्शाएर महाधिवेशन रोक्न अन्तरिम आदेश मागिएको हो । मागबमोजिम तत्कालका लागि सर्वोच्चबाट अन्तरिम आदेश जारी भएमा १५औँ महाधिवेशनका गतिविधि रोकिनेछन् ।

रिटमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने गरी भएको निर्णय बदर गर्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?