रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलंगाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार आज आइतबार बिहान साढे ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा क.प्र.०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा आमा–छोरी सवार थिए । त्यहीबीचमा छोरी सान्दिकाले शौच गर्ने बताएपछि आमा स्वस्तिकाले गाडी रोक्न भनेकी थिइन् । त्यसपछि छोरी लिएर झरेकी स्वस्तिकालाई सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको भे. १ ज . १४८२ नम्बरको गाडीले आमा छोरीलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता परियारका अनुसार मृतक स्वस्तिका पौडेल रुकुम पश्चिमको सदुरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित त्यहाँ पुगेकी थिइन् ।
घटनापछि ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विक प्रहरीको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया