रवीसहित तीन जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, समर्थकको यस्तो तयारी !

काठमाडौं । पत्रकार रवी लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

रवी लामिछाने सहित हिजो प्रहरीले पक्राउ गरेका तिनै जनाको बहस सकिएको छ । हिजो पक्राउ परेका लामिछानेसहित ३ जनाकै म्याद थपिएको हो ।

पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा थप अनुसन्धानका लागि भन्दै ५ दिन म्याद थप गरिएको हो ।

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको थियो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लामिछानेसहित तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।

लामिछाने पक्राउको विरोधमा शुक्रबार उनका समर्थकले चितवनमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले चर्को नाराबाजी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका थिए । यसैबिच रवी लामिछानेका समर्थकहरुले चर्को विरोध गरिरहेका छन् । उनीहरुले निसर्त रिहाईको माग गरिरहेका छन् । भिड उग्र बन्दै गइरहेको छ ।

हेनुहोस् यी समाचार

ऋषि धमलाले रवीलाई भने, “म पनि ५७ दिन हिरासत बसेको छु यथार्थ बाहिर आओस्”

रवि लामिछानेसहित ३ पक्राउ पर्नुको कारण खुल्यो


रवी लामिछाने पक्राउ,यसो भन्छ प्रहरी


रवी पक्राउपछी पत्रकार प्रेम बानियाँले सोधे ४ प्रश्न, राक्षसिकरण बन्द गर्ने कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?