चितवनमा झडप : पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच हात हालाहाल,असइसहित ५ प्रहरी घाइते

appharu
0
Shares


चितवनमा पत्रकार रवी लामेछाने समर्थक र प्रहरीबीच झडप भएको छ । शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेपछि स्थिती नियन्त्रणमा लिने क्रममा हात हालाहालको स्थिती भएको थियो । दुई पक्षबीच झडप हुँदा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । पत्रकार लामिछानेका भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहि राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । अहिले स्थिति सामान्य भएको छ ।

बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् । पत्रकार लामिछानेका दाजु आमा पनि प्रहरी परिसरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?