काठमाडौं । आज देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै एकाध स्थानमा हिमपातको सम्भावना रहेकाले पछिल्लो मौसमी जानकारी लिन महाशाखाले आग्रह गरेको छ । यसै गरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया