काठमाडौं । शेयर कारोबार सोमबार पनि बन्द भएको छ ।
काठमाडौं उपत्यकाका सबै सार्वजनिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेप्सेले सोमबार पनि शेयर कारोबार बन्द गरेको हो ।
सरकारले बाढी पहिरोको कारण शनिबार विज्ञप्ति जारी गरी आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार आइतबार सार्वजनिक बिदा भए पनि सरकारले आइतबार अर्को सूचना जारी गरी विपद् जोखिम कम भएका जिल्लाहरूमा सोमबारबाट सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिए पनि नेप्सेले भने सोमबार शेयर कारोबार खुलाएन ।
शेयर कारोबार मंगलबार (असोज २१ गते) देखि मात्रै खुला हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया