काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राज राणाका अनुसार दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी र न्यूजिल्याण्डका नागरिक शैलेश किसन पटेल घाइते भएका छन् ।
दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो ।
अस्पतालका अनुसार घाइतेलाई ल्याइएलगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरिएको थियो । परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको पाइएको अस्पतालले जनाएको छ ।
घाइतेहरूको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया