नेपालमा खुल्यो एससको पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर

लोकपथ
14
Shares

काठमाडौं । ताइवानी प्रविधि कम्पनी एससले नेपालमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा नयाँ स्टोर स्थापना गरेको हो ।

नेपालमा बजार विस्तार गर्ने योजनाअनुसार स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ स्टोरबाट ग्राहकले भिभोबुक, जेनबुक, प्रोआर्ट, टफ गेमिङ र रिपब्लिक अफ गेमर्स (आरओजी) सिरिजका ल्यापटप तथा कम्प्युटर हार्डवेयर खरिद गर्न सक्नेछन् ।

स्टोरबाट ग्राहकले एससको फोरए ग्यारेन्टीअन्तर्गत विभिन्न सुविधा पनि प्राप्त गर्नेछन् । यसमा उत्पादनको गुणस्तर सुनिश्चितता, ग्राहक सेवा, अन्तर्राष्ट्रिय वारेन्टी तथा थप मूल्य अभिवृद्धि गर्ने सुविधा समावेश छन् ।

स्टोर उद्घाटनका अवसरमा कम्पनीले तीन नयाँ गेमिङ ल्यापटपसमेत नेपाली बजारमा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका उत्पादनमध्ये आरओजी जेफिरस डुओ विशेष आकर्षणमा रहेको कम्पनीले जनाएको छ ।

इन्टेल कोर अल्ट्रा ९ ३८६एच प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०५० ल्यापटप जीपीयू रहेको यस ल्यापटपमा डुअल स्क्रिन ओएलईडी प्रविधि उपलब्ध छ । गेमिङ तथा कन्टेन्ट निर्माणमा रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गरी यो ल्यापटप तयार गरिएको हो ।

त्यस्तै, इन्टेल कोर अल्ट्रा ९ २९०एचएक्स प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०९० ल्यापटप जीपीयू भएको आरओजी स्ट्रिक्स स्कार १८ पनि सार्वजनिक गरिएको छ । उच्च प्रदर्शन र उत्कृष्ट गेमिङ अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरी यो ल्यापटप बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यसैगरी, इन्टेल कोर आई७ १४६५०एचएक्स प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०५० ल्यापटप जीपीयू रहेको टफ गेमिङ एफ१६ पनि नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

नयाँ स्टोर र गेमिङ ल्यापटप सार्वजनिक भएसँगै नेपाली ग्राहकले एससका विभिन्न उत्पादन तथा सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्ने कम्पनीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?