काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६२ अंकले बढेर २ हजार ६६४.१३ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका उपसमूहमध्ये फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका छन् । बाँकी सबै समूहका परिसूचकमा वृद्धि भएको छ। होटल तथा पर्यटन समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज ३४९ कम्पनीका १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ। यस्तै, १४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया