काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ तोकिएको हो, जुन हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन यसको मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँ थियो ।
यसैगरी, अघिल्लो दिन प्रतितोला २ हजार ६५० रुपैयाँ रहेको चाँदी मंगलबार २ हजार ६८० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया