सुनको मूल्यमा नयाँ कीर्तिमान, बन्यो अहिलेसम्मकै सबैभन्दा महँगो

लोकपथ
1.7k
Shares

काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज सात सयले बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ६५० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?