काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली भएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने छ। साथै, कोशी, मधेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया