धनुषा। धनुषामा ज्वाइँले घरायसी विवादका कारण ससुराको छुरा प्रहार गरी हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँद्वारा हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान १० बजे विमललाई घरमै छुरा प्रहार गरेका थिए।
प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादकै कारण बेचनले ससुरालाई पेटमा छुरा प्रहार गरेका हुन्।
गम्भीर घाइते विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हत्यापछि बेचन फरार रहेको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया