काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।
उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन् । उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको जिकिर गरिन् । उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन् ।
उनले भनिन् ‘गृहमन्त्रीज्युलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदैछ, यसको जवाफ छ, गृहमन्त्रीज्यु ? विपीले भन्नुभएको थियो, जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईँहरू कुन वर्गमा पर्नुहुन्छ । गृहमन्त्रीज्युलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ । उहाँले त यस्तो समिति बनाउनु भयो की उहाँलाई फुत्किन र कमाई बचाउन धेरै सजिलो भयो । धेरै फुर्ति नदेखाउनुस् गृहमन्त्रीज्यु, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनु हुन्छ । तपाईँले दैनिक भिजिट भिसाका नाममा ५० लाख देखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।’ उनले गृहमन्त्रीले तत्काल राजीनामा माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया