काठमाडौं । सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाहेक अन्य पाँच अध्यादेश भोलि बिहीबार राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने भएको छ ।
आज बुधबार प्रतिनिधिसभा पेस भएका ती अध्यादेशलाई भोलि राष्ट्रियसभामा निर्णयार्थ पेस गरिने भएको हो । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालको अडानका कारण सरकारले भूमिसम्बन्धी अध्यादेशलाई रोकेर अन्य अध्यादेश अघि बढाएको हो ।
यादवको पार्टीको साथबिना राष्ट्रियसभाबाट कुनै पनि अध्यादेश पारित नहुने भएकाले सरकार भूमिसम्बन्धी अध्यादेशलाई रोकेर अन्य अध्यादेश अघि बढाउन तयार भएको हो ।
त्यसैले माघ १८ गते संसद्मा पेस भएका अध्यादेशहरू स्वीकृत गर्ने प्रक्रियामा लगिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया