ज्ञानेन्द्र शाहीको चेतावनी– ‘कुलमानलाई हटाए सडक र सदन दुवैतिर आन्दोलन गर्छौँ’

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएको छ । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सडक र सदनबाट विरोध गर्ने चेतावनी दिएका हुन् । उनले सरकारले कुलमानलाई हटाएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको बताए । 

उनले दशरथ रंगशाला केपी ओली कपको समापन समारोहमा दर्शक कुट्ने आयोजकलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?