मुख छोप्दै विमानस्थलबाट बाहिरिए अमेरिकाबाट फिर्ता भएका नेपाली

लोकपथ
2k
Shares

काठमाडौं । अमेरिकाले फिर्ता पठाएका नेपालीहरुलाई थप सोधपुछका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

अमेरिकाले विमान चाटर्ड गरेर अवैध रुपमा रहेका ९ नेपालीलाई नेपाल फर्काएको थियो ।

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौं फर्काइएका हुन् भने अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे ।

चार्टर्ड जहाज अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट बीचमा टेक्निकल ल्यान्डिङ‘ भएर सिधै काठमाडौं अवतरण गरेको हो ।
दोस्रो पटक राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथग्रहण गरेसँगै ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुमाथि कडाइ गरिरहेको छ ।

आवश्यक कागजात नभएका नेपालीहरुलाई त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको हो ।

यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । ‘हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौँ,’ अधिकृत अर्यालले भने ।

अमेरिकारले उनीहरुलाई नेपाल फिर्ता पठाउँदै भन्ने थाहा पाएसँगै विमानस्थलमा पत्रकारहरुको ठूलो भीड लागेको थियो । उनीहरु मुख छोपेर विमानस्थलबाट बाहिरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?