काठमाडौं । पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएसँगै पारसलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको अस्पताल प्रशासनले लोकपथलाई जानकारी दिएको छ ।
‘उहाँलाई भर्ना गरेर उपचार भइरहेको छ,’ अस्पताल प्रशासन स्रोतले लोकपथसँग भन्यो । उनलाई हृदयघातपछि अस्पताल पुर्याएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया