वैदेशिक सहायता प्रतिबद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त

लोकपथ
0
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिबद्धता गत वर्षको तुलनामा ३२.७ प्रतिशतले घटेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कुल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँबराबरको आर्थिक सहायता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

चालू आर्थिक वर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अबै ६१ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये आइएमएफ, एसियाली विकास बैंक र विश्व बैंकबाट क्रमशः ३७ प्रतिशत, २१.८ प्रतिशत र १६.६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?