नवौँ राष्ट्रिय खेलकुद जेठमा आयोजना हुने

लोकपथ
147
Shares

काठमाडौं । आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फतसो घोषणा गरेका हुन् ।

नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ ।

मन्त्री गहतराजले लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ ।’

यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगंजमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?