काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा काठमाण्डूले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डूले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाण्डूले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ ।
कर्णाली भने काठमाण्डूसँग पराजित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया