काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा काठमाण्डु गोर्खाजले पहिले बलिङ गर्ने भएको छ । काठमाडौंका कप्तान करण केसीले टस जितेर कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
यस खेलसँगै अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमाण्डु गोर्खाजबाट एनपीएलमा डेब्यु गर्दैछन् । वार्नरको आगमनले काठमाण्डुको टोली थप बलियो देखिएको छ ।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया