कर्णाली याक्सद्वारा काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

कर्णालीका लागि अरिफुल इस्लामले सबैभन्दा बढी ४४ रन बनाए । उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, हुसेन तलतले ३० बलमा ४० रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे ।

पवन सर्राफले २३ बलमा अविजित ३० रन बनाए । उनले २ छक्का प्रहार गरे । गुल्सन झाले पनि आक्रामक ब्याटिङ गर्दै १२ बलमा २ छक्कासहित २० रन बनाए ।

अब काठमान्डु गोर्खाजले जितका लागि १८१ रन बनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?