आईपीएलमा चेन्नई र बैंगलोर भिड्दै

लोकपथ
84
Shares

काठमाडौं । आज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल ७:४५ बजे सुरु हुनेछ।

चेन्नई आज पहिलो जितको खोजीमा रहेको छ भने साबिक विजेता चेन्नईले लगातार ४ खेलमा हार बेहोरेको छ । अंकविहीन रहँदै पुछारमा रहेको चेन्नई पाँचौँ खेलमा भने अंक जोड्न चाहन्छ ।

यस्तै आज चौथो जितको योजनामा रहेको बैंगलोर ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

चेन्नईलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा उक्लनेछ । दुई टोलीबीचको पछिल्लो नतिजामा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ३ खेलमा जित निकालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?