काठमाडौं । म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी मराउने फेलाइनीले ८ मिनेटको अन्तरमा हेडरबाटै ह्याट्रिक पूरा गरेका छन् ।
उनको ह्याट्रिकसँगै सान्दोङ लुनिङले चाइनिज सुपर लिग (सिएसएल) मा शानदार जित हात पारेको छ । सान्दोङ लुनिङले घरेलु टोली डालियन प्रोफेसनल एफसीमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।
७९ औं मिनेटसम्म १–० ले पछि परेको अवस्थामा बेल्जियमका पुर्व मिडफिल्डर फेलाइनीले दोस्रो हाफको अन्त्यतिर ह्याट्रिक पुरा गरे । खेलको ५७ औं मिनेटमा जोसे सलोमोन रोन्डनको गोलबाट खेलमा पछि परेको सान्दोङले ७९औं मिनेटमा फेलाइनीको गोलबाट खेलमा फर्किएको थियो ।
८३ औं मिनेटमा फेलाइनीले व्यक्तिगत दोस्रो गोल गरेपछि सान्दोङले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८६औं मिनेटमा फेलाइनीले ह्याट्रिक पुरा गरे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्कुस ड्यानिल्सेनले गोल गरेपनि घरेलु टोलीलाई जित दिलाउन भने सकेनन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया