काठमाडौं । जितसँगै लण्डन क्लब चेल्सीले च्याम्पियन्स लिगमा छनोट भएको छ ।
आईतबार भएको प्रिमियर लिगको अन्तिम चरणको खेलमा उल्भ्सलाई २-० गोलले पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगमा छनोट भएको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीका मासन माउन्टले ईन्जुरी समयमा एक गोल गरे र थप एक गोलका लागिउनले एसिस्ट गरेका थिए । लगत्तै अर्को मिनेटमा माउन्टले निकालेको पासमा गोलकिपरलाई बिट गर्दै ओलिभर जिराउडले लण्डन क्लबका लागि दोस्रो गोल गरेका थिए ।
चेल्सी ६६ अंक सहित चौथो स्थानमा रहदै लिगको शीर्ष चारमा रह्यो । उल्भ्स अन्तिम खेलमा पराजित हुँदै सातौ स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया