जिल्ला फुटबल संघ बाँकेद्वारा खेलाडीलाई राहत वितरण

काठमाडौं । बाँके जिल्ला फुटबल संघले आफ्ना जिल्लाका कोरोना प्रभावित खेलाडीलाई राहत वितरण गरेको छ । जिल्ला फुटबल संघ बाँकेले महिला र पुरुष गरि ४३ खेलाडीलाई जनही १ हजार ७ सय ७५ रुपैयाँ राहत प्रदान गरेको हो ।

Image may contain: 2 people, crowd and outdoor

प्रदेश ५ का प्रदेश सांसद ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाकी उप मेयर उमा थापा मगर, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले खेलाडीलाई नगद हस्तान्तरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?